Madhes Khabar
राजनीति

मधेसमा ढल्यो जसपाको सरकार, मुख्यमन्त्री यादवले पाएनन् विश्वासकाे मत

फाइल तस्बिर ।

जनकपुरधाम,२३जेष्ठ:मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

बुधबार मधेस प्रदेशसभामा मुख्यमन्त्री सराेज कुमार यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्री यादवलाई ५४ मतको आवश्यकता थियो ।

बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ ।

बुधबारको मतदानमा १-१ सिटको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसद अनुपस्थित थिए ।साभार:अनलाइनखबर

Related posts

स्वास्थ्य–शिक्षा–कृषि पहिलो प्राथमिकता चाहियो” पर्सा–२ मा रास्वपाका सुशील कानुलाई स्थानीयको स्पष्ट आग्रह

MadhesKhabar

पूर्व सांसद सन्तोष परियारले छाडे रास्वपा

MadhesKhabar

एमाले छाडेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने

MadhesKhabar

Leave a Comment