Madhes Khabar
राजनीति

पूर्व सांसद सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं,२८कात्तिकःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताएका छन् ।उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए ।

उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।

निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरकोरूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुःखी रहेको उनले बताएका छन् ।

‘बद्लिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैका मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’ परियारले राजीनामा पत्रमा भनेका छन् ।

‘भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ, यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीतिक अगाडि जान नसक्ने र नयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ,’ परियारले पार्टीमा बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

Related posts

अजय चौरसियालाई समर्थन गर्दै वीरगन्ज–१ का वडाध्यक्ष कुर्मीसहितका सबै जनप्रतिनिधि कांग्रेसमा प्रवेश

MadhesKhabar

डा.जगमान गुरुङको घोषणा:वैशाख २१ सम्म नेताहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौ

MadhesKhabar

प्रधानमन्त्री सहित शीर्ष नेताहरुले भने : मधेस र देशका लागि उपेन्द्र यादवले नै जित्नुपर्छ

MadhesKhabar

Leave a Comment