Madhes Khabar
राजनीति

डा.जगमान गुरुङको घोषणा:वैशाख २१ सम्म नेताहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौ

काठमाडौं,२७चैत:राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् । सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरे ।

बुधबार काठमाडौंमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले उक्त घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए ।

गुरुङले भने, ‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को-को आउनुहुन्छ आउनुस् ।’

 

आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे ।

गुरुङले थपे, ‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौं । २१ गते घोषणा हुन्छ ।’

तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।

‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं,’ उनले भने ।साभार:नेपालप्रेस

Related posts

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० जना मनोनित हुदाँ पर्साबाट कोहि पनि परेनन्

MadhesKhabar

सिके राउत सरकारमा सहभागी हुने, मधेसमा कांग्रेसलाई सघाउने

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाकाे निर्णय

MadhesKhabar

Leave a Comment