Madhes Khabar
राजनीति

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० जना मनोनित हुदाँ पर्साबाट कोहि पनि परेनन्

काठमाडौं,१४माघःनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई–मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्दा पर्सा जिल्लाबाट भने कोहि पनि परेका छैनन् ।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा सोमबार १० सदस्य मनोनयन गरेका हुन् ।त्यसमा पर्साबाट भने कोहि पनि नपरेका हुन् ।

मनोनयन भएका सदस्यमा बाराका कृष्णवर्त सिंह, रौतहटका रामकृपाल यादव,सप्तरीका प्रमोदकुमार झा, सिरहाका अरूणकुमार सिंह, सर्लाहीका उमेश चौधरी, कपिलवस्तुका सहसराम यादव, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, काठमाडौँका दिलमाया अधिकारी र कञ्चनपुरका लालबहादुर राउत राय रहेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको तराई–मधेस समन्वय विभाग तराई–मधेसका जिल्लाका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी सङ्गठन सुदृढीकरणमा सक्रिय हुने बताइएको छ ।

Related posts

पर्सागढीमा राष्ट्रिय शिक्षक संगठनकाे अधिवेशन सम्पन्न ,अध्यक्षमा थारु चयन

MadhesKhabar

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

MadhesKhabar

आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा देशकै ऐतिहासिक जिल्ला हाे : देउवा

MadhesKhabar

Leave a Comment