Madhes Khabar
राजनीति

पाेखरियाकाे रास्वपा सभापतिमा प्रदिप पटेल

वीरगन्ज,२२असार:पर्साकाे पाेखरियामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम नगर भेला सम्पन्न भएको छ ।शनिबार सम्पन्न भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ।

नगर कार्यसमितिको उपसभापतिमा बैजनाथ ठाकुर,सचिवमा खलिल मियाँ तेली,कोषाध्यक्षमा प्रतिमा देवी धोबिन रहेका छन्।यस्तै सदस्यहरुमा विशेश्वर प्रसाद यादव , रामप्रबेश पटेल ,सुरज कुर्मी ,फुलमती देवी ,जितेन्द्र पटेल , दिलिप कुमार रौनियार, बनु साह गोड लगायतका रहेका छन्।

भेलालाई सम्बाेधन गर्दै रास्वपा पर्साका संयाेजक हरि पन्तले आगामी निर्वाचनमा पोखरिया नगरपालिकामा रास्वपाले जित्ने गरी अब काम गर्न कार्यकर्तालाई निर्देशन दिए।उनले अरु दललाइ जनताले पटक पटक हेरिसकेकाले अब स्थानीय स्तरमा रास्वपालाई नै जिताउने गरी लाग्न आग्रह गरे ।

रासणवपाका केन्द्रिय सदस्य डाक्टर नन्दन यादवले पार्टी सभापति रवि लामिछानेमाथि विपक्षीहरुले निराधार आरोप लगाएर हिलो छ्याप्ने काम मात्र गरेको बताए ।

रास्वपाका संगठन विभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत भाषण गरेका थिए ।

कार्यक्रममा रास्वपाका निवर्तमान संयोजक दिलिप कुर्मी , उपसंयोजक तुलसा पौडेल, प्रदेश सदस्य सुदिस प्रजापती , सब्बु कँणेल , क्षेत्रीय सभापतिहरु फैयाज मिया,जितेन्द्र मिश्र,यातायात विभाग प्रमुख राम आर्य शिक्षा विभाग उपप्रमुख सोनालाल पटेल,वडा सभापति माइकल सापकोटा,मुना साह,कासिम मियाँ लागायतको सहभागीता रहेकाे थियो ।

Related posts

राष्ट्रपतिलाई सर्वाेच्च अदालतले साेध्याे नागरिकता विधेयक प्रमाणीकरण नगर्नुकाे कारण

MadhesKhabar

वीरगन्जमा आयोजित कार्यक्रममा २ सय भन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

MadhesKhabar

Leave a Comment