Madhes Khabar
राजनीति

कांग्रेस सुधार अभियानले युवालाई आकर्षित गर्न ७७ जिल्लामै तोक्यो संयोजक

काठमाडौं,१९मंसिर:नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ ।

कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो ।

अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए ।

‘पार्टीको तर्फबाट केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको मुख्य माग र उद्देश्य हो’, उनले भने ।

अभियानमार्फत भ्रष्टाचारका विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्ने, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था गराउने भएको छ ।

यसैगरी, लोकतन्त्रको संरक्षण र संवर्द्घनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्न सबै जिल्लाका संयोजक तोकिएको रिमालले जानकारी दिए ।साभार:अनलाइनखबर

Related posts

पर्सा– १ मा मतदातालाई जनमतका उम्मेदवार सर्राफले भने : युवालाई स्वरोजगार बनाउन मेरो उम्मेदवारी

MadhesKhabar

चैत १२ भित्र निर्वाचन गराउने त्रिविको निर्देशन मान्न अटेरी गर्दै ठाकुरराम क्याम्पस

MadhesKhabar

पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

MadhesKhabar

Leave a Comment