Madhes Khabar
राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाकाे निर्णय

काठमाडौं,२९फाल्गुन:जनता समाजवादी पार्टी(जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्नेसमेत निर्णय गरेको उनले बताए ।

‘भाेलि बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत माग्नु भएको छ,’ प्रमुख सचेतक यादवले भने, ‘विश्वासको मत दिने कि नदिने विषयमा छलफल गर्न आज मंगलबार बैठक बसेको थियो । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मतको पक्षमा जनता समाजवादी पार्टीले मतदान गर्ने र त्यसका लागि ह्वीप पनि जारी गरेको छ ।’

नयाँ गठबन्धनबाट बनेकाे प्रचण्ड नेतृत्वको सरकारमा जसपा उपप्रधानसहित दुई मन्त्री लिएर सहभागी भइसकेकाे छ।

भाेलि बुधबार फाल्गुन ३० गते प्रधानमन्त्री प्रचण्डले संघीय संसदमा विश्वासको मत लिँदैछन् ।

Related posts

असाेज ३ : मधेसका लागि कालाे दिन भन्दै वीरगन्जमा लाेसपाकाे विराेध प्रदर्शन

MadhesKhabar

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

MadhesKhabar

पर्सा–२ मा समानुपातिकतर्फ पनि रास्वपा नै बन्यो पहिलो दल

MadhesKhabar

Leave a Comment