Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–२ मा समानुपातिकतर्फ पनि रास्वपा नै बन्यो पहिलो दल

वीरगन्ज,२४फागुन : यसपालिको निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिक तर्फको मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजी मारेको छ ।

आइतबार अपरान्ह सकिएको पर्सा–२ को समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणाम अनुसार, रास्वपाले ३४ हजार ९१८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । पर्सा–२ मा प्रत्यक्षतर्फ रास्वपाकै उम्मेदवार सुशील कानु ३० हजार ७४० मतका साथ निर्वाचित भएका थिए ।

पर्सा–२ मा सामानुपातिक तर्फ नेपााली कांग्रेस १० हजार ३४० मतका साथ दोस्रो भएको छ भने नेकपा एमाले ८ हजार ५८५ मतका साथ तेस्रो भएको छ । यस्तै राप्रपा ३ हजार ५०६ मतका साथ चौथो र जसपा नेपाल २ हजार ४५० मतका साथ पाँचौ भएको छ ।
पर्सा–२ मा कूल मतदाता ९५ हजार १२० रहेकोमा फागुन २१ मा भएको मतदानमा समानुपातिकतर्फ ६७ हजार १०७ मत मात्रै खसेको थियो । त्यसमध्ये मतगणनाका क्रममा ६३ हजार ९५९ मत मात्रै सदर र ३ हजार १४८ मतबदर भएको थियो ।

Related posts

वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड

MadhesKhabar

पर्सा २ मा चौरसियाको जनलहर : एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

MadhesKhabar

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

Leave a Comment