वीरगन्ज,१३ फागुनःपर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष मनोज राउत कुर्मीसहित त्यस वडाबाट निर्वाचित सबै जनप्रतिनिधिहरु जसपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार बेलुकी बजार छपकैयामा आयोजित कार्यक्रममा वडाध्यक्ष कुर्मीसंगै वडा सदस्यहरु दीपेन्द्र राउत कुर्मी, रमावती देवी, प्रभु महत्तो कोइरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा पर्सा–२ का कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले उनिहरुलार्य अबीरटीका लगाएर पार्टीमा स्वागत गरे ।
यसअघि कांग्रेसमै रहेका कुर्मी २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट टीकट नपाएपछि उनि जसपा नेपालबाट चुनाव लडेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति महम्मद साहाबुदिन, नेविसंघ पर्साका सभापति रमेश यादव, कांग्रेस नेताहरु सतार मन्सुरी, ओमी गुप्ता लगायतकाकोपनि सहभागिता थियो ।

