Madhes Khabar
स्थानिय हेडलाइन

भारतसंग जोडिएको पर्सा र बाराको सीमा निर्वाचनको ७२ घण्टाअघि बन्द गर्ने निर्णय

फाइल तस्बिर ।

वीरगन्ज,९फागुनःनेपाल र भारतका सुरक्षा अधिकारीहरुको शनिबार वीरगन्जमा सम्पन्न सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसंगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा सम्पन्न दुई देशिय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई लिएर आवश्यक सतर्कता अपनाउने तथा सीमामा हुन सक्ने मदिराको खरिद बिक्री र सेवन तथा नक्कली नोटको कारोबारमा पनि आवश्यक निगरानी बढाउने सहमति भएको छ ।

बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगन्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदीमा भइरहेको जलप्रदूषणको विषयबारे चिन्ता जनाउँदै नेपाल हुँदै भारततर्फ जाने पानी वाटर ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरेर मात्र पठाउन नेपाली पक्षलाई आग्रह गरेको छ । यसअघिका यस्तो बैठकमा भारतीय पक्षले यो विषयमा मुख खोलेको थिएन । यसबाहेक नेपाल–भारत सीमामा भइरहेको अतिक्रमण हटाउन पनि भारतीय पक्षले नेपाली पक्षसँग सहयोगको माग गरेको छ ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भारत बिहार पूर्वी चम्पाराण जिल्लाका डिक्सट्रिट मेजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारको नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरु सहभागी थिए । नेपालतर्फ नेपाली सेनाबाहेक सबै सुरक्षा निकायका अधिकारीहरु पनि सहभागी थिए ।शंकर आचार्य/कान्तिपुर

Related posts

नारायणी अस्पतालमा ५०० बेड भवन निर्माणका लागि सर्वाेच्चले ५ बर्षपछि दियाे निकास,वीरगन्जबासीमा खुशीयाली

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

वीरगन्जका सुनचाँदी पसलहरुमा अनुगमन टोली पुग्दा पसल नै बन्द गरेर व्यपारीहरु भागाभाग्

MadhesKhabar

Leave a Comment