Madhes Khabar
स्थानिय

वीरगन्जमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

वीरगन्ज,१२असाेज: वीरगन्जमा शुक्रबार ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले वीरगन्ज महानगरपालिका र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्ताको गणेशमान चोकदेखि जेल रोड हुँदै बिर्ता बजार जाने बाटोसम्म विभिन्न प्रजातिका दुई सय वटा बिरुवाहरू रोपिएको हाे ।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्ययतामा आयोजित वृक्षाराेपण कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह,नेपाली सेनाका सेनानी पूर्ण बहादुर चन्द, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका श्याम बाबु लोप्चन, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भास्कर खतिवडा, सामुदायिक आँखा अस्पताल वीरगन्जका प्रमुख महेश सिंह धामी, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीप राज कार्की लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

आयो सर्वोच्चको फैसलाको पूर्णपाठ : वीरगन्जको मेनरोड विस्तार गर्न अब कानुनी रुपमापनि बाटो खुल्यो

MadhesKhabar

भरतपुर भ्रमण वर्ष : ठोरी नाका खुलाउन पहल

MadhesKhabar

धोबिनी गाँउपालिका ४ को वडा अध्यक्षमा पत्रकार बानियाको उम्मेदवारी

MadhesKhabar

Leave a Comment