Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा भारतीय ईलेक्ट्रिक स्कुटरको प्रयोगमा कडाई, एकैदिन २२ वटा ईलेक्ट्रिक स्कुटर जफत

वीरगन्ज, ११ वैशाख : भारतबाट खरिद गरि वीरगन्जमा ल्याएर चलाउने गरिएका २२ थान ईलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएपछि वीरगन्ज र आसपासका स्थानीयले रक्सौलबाट ईलेक्ट्रिक स्कुटर खरिद गरेर वीरगन्जमा प्रयोग गर्दै आएका छन् ।

तर त्यसरी खरिद गरि ल्याइएका ईलेक्ट्रिक स्कुटरको भन्सार राजस्व नतिरिकन वीरगन्जमा छ्याप्छ्याप्तति प्रयोगमा ल्याउन थालिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिने अभियान बिहीबारदेखि थालेको हो ।

बिहीबार पहिलो दिनमै वीरगन्जसहित जिल्लाका विभिन्न नाकाबाट त्यस्ता २२ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

उनका अनुसार, बिहीबार वीरगन्ज.–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगन्ज.–२४ स्थित सिर्सिया नाकाबाट ७ थान र बिन्दवासिनी गाउँपालिका.–५ स्थित प्रसौनिभाठा नाकाबाट १ थान भारतीय ईलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ती २२ थान ईलेक्ट्रिक स्कुटरको १७ लाख ३० हजार रुपैयाँको मुल्यांकन गरेर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक निरौलाले जानकारी दिए । र्

 

Related posts

वीरगन्ज महानगरको १३ औं अधिवेशन : शिक्षामा विशेष जोड

MadhesKhabar

आजबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

MadhesKhabar

अब भारतीयले नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

MadhesKhabar

Leave a Comment