Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको पशुपति मन्दिरलाइ धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने मन्त्री शर्माको प्रतिबद्धता

मधेसखबर
वीरगन्ज,१६ साउन : मधेस प्रदेश सरकारका ऊर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले वीरगन्ज चिनी कारखाना परिसरमा रहेको ऐतिहासीक पशुपतिनाथ मन्दिरलाइ धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताएका छन् ।

साउनको तेश्रो सोमबारका दिन चिनी कारखाना परिसरमा रहेको पशुपतिनाथ मन्दिरमा विशेष पूजअर्चना गरेपछि शर्माले यस मन्दिरको प्रचार प्रसार गरेर धार्मिक पर्यटकीय स्थलमा रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।विश्वका हिन्दुहरुको धार्मिक आस्थाको धरोहर रहेको काठमाण्डौको पशुपतिनाथ मन्दिरपछि वीरगन्जको चिनी कारखानामा रहेको पशुपतिनाथ मन्दिरलाई व्यवस्थाति गरेर स्तरोन्नती गर्न सके धार्मिक पर्यट

कका लागि आकर्षक गन्तव्य बनाउन सकिने भन्दै उनले यसका लागि अब प्रदेश सरकारले काम गर्ने बताए ।
मन्दिरमा पूजाअर्चना गर्दै मन्त्री शर्माले सम्पुर्ण प्रदेशबासीको सुख, समृद्धि एंव उत्तरोउत्तर प्रगतीको कामना समेत गरे ।

बिहान मन्दिरमा गरिएको विशेष पूजाअर्चनामा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एंव वीरगञ्ज महानगरपालिकाका सद्भावना दुत् अशोक वैद्य, नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, बरिष्ठ पत्रकार चन्द्रकिशोर, काँग्रेसका युवा नेता कञ्चन झा , उद्योगी हरि गौतम, पण्डित पुरुषोत्तम दुबे लगायतको सहभागीता रहेको थियो ।

Related posts

राैतहटमा अत्याधुनिक पेस्ताेल लगायतका हतियारसहित एक युवक पक्राउ

MadhesKhabar

पर्सा -बाराका पालिकाले विधुतको करोडौं महसुल तिर्न बाँकी, ४५ दिनमा नतिरे लाइन काट्ने चेतावनी

MadhesKhabar

पर्साको रामनगरीमा आयोजित रेडक्रसको कार्यक्रममा ३८ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment