राैतहट,६मंसिर:राैतहटमा सशस्त्र प्रहरीले अत्याधुनिक पेस्ताेल,त्यसमा लाग्ने म्याग्जिन,गाेली लगायतका हतियारसहित एक युवकलाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा मकवानपुरकाे हेटौडा–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्य रहेका छन्।
रौतहटकाे चन्द्रपुर नगरपालिका–४ देउराली चोकबाट सशस्त्र प्रहरीले आचार्यलाई हतियारसहित पक्राउ गरेको हाे। शनिबार दिउँसो करिब ३ः३० बजे सशस्त्र प्रहरी बलनेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले आचार्यलाई नियन्त्रणमा लिएर खानतलासी गरेकाे थियाे।त्यसक्रममा आचार्यले बोकेको झोलाबाट दुई थान पेस्तोलसहितका हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
उनको साथबाट ब्राउनिङ पेस्तोल १थान,त्यस्काे म्याग्जिन १ थान , ब्रेटा गारडोनेट भिटी पेस्ताेल १ थान, ईटालीमा बनेको म्याग्जिन १ थान,गाेली १३ थान,ओप्पाे मोबाइल १ थान,खुकुरी १ थान,ग्लोबल आईएमई बैंकको भिजा एटीएम कार्ड १ थान,लाइसेन्स रसिद १ थान र झोला १ थान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिए।
बरामद हतियारसहित उनलाई सुरक्षा बेस सन्तपुरमा राखी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको अधिकारीले जानकारी दिए ।

