Madhes Khabar
राजनीति हेडलाइन

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई


चुनावी तालमेल गरिएको सहमतिपत्र एक अर्कालाइ आदान प्रदान गर्दै एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादव

मधेसखबर
वीरगन्ज,२२ असोज : जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले बीच आंशिक क्षेत्रमा मात्र चुनावी तालमेल भएको छ ।
तालमेल नभएका ठाउँमा दुवै दलले छुट्टा छुटटै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार जसपाले प्रतिनिधीसभा तर्फ १७ सीट मात्र पाएको छ ।

पर्साका ४ प्रतिनिधीसभा क्षेत्र मध्ये जसपाले २ र एमालेले २ क्षेत्र पाएको छ ।जसपाले पर्साको १ र २ पाएको छ भने एमालेले पर्साको ३ र ४ पाएको छ ।

यस्तै प्रदेशसभा तर्फ पर्सामा दुवै दलले ४÷४ सिट बाँडफाँड गरेका छन् । प्रदेशसभा तर्फ जसपाले पर्साको १ (ख) , २ (क) , ३ (ख) र ४ (ख) पाएको छ ।प्रदेशसभा तर्फ नेकपा एमालेले भने १(क), २ (ख), ३ (क) र ४ (क) लिएको छ ।

 

Related posts

सरकारको अलोकप्रिय निर्णय :प्रथम सेवा बिन्दुबाट नारायणीलाई हटाइयो, बिरामीलाई अब सास्ती हुने

MadhesKhabar

सडक पेटीको तरकारी बजार गितामन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण

MadhesKhabar

वीरगन्जमा चैती छठका लागि किनमेल गर्नेहरुको चहल पहल (फोटो फिचर)

MadhesKhabar

Leave a Comment