Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा चैती छठका लागि किनमेल गर्नेहरुको चहल पहल (फोटो फिचर)

वीरगन्ज,१बैशाख :मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्बको दोश्रो दिन शनिबार खरना विधी मनाईदैछ ।चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिकासाथ मनाइने चैती छठ पर्ब शुक्रबार देखि सुरु भएको थियो ।पर्बको पहिलो दिन शुक्रबार ब्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्ब प्रारम्भ गरेका थिए ।

दोश्रो दिन शनिबार दिनभर उपवास बसेर साँझ ब्रतालुले नुहाएर चोखो भई माटोको चुल्होमा सख्खर र चामलको खीरका साथै रोटी पकाउँछन् । उक्त खीरलाई रसियाव भनिन्छ । उक्त खीर र रोटी ब्रतालुले छठी माताको नाममा प्रसादका रुपमा चढाएर आँफै ग्रहण गर्छन् । उक्त विधीलाई खरना भनिन्छ ।

तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ पवित्र जलाशयको घाटमा गएर ब्रतालुले पानीमा उभिएर छ७ माता र सूर्य भगवानलाई अर्घ दिन्छन् ।जसलाई ‘सँझिया घाटको अरघ’ भनिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ दिएर पर्ब सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरघाटको अरघ ’ र ‘पारन’ पनि भनिन्छ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्ब हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्ब सम्पन्न गरिन्छ। मधेसमा छठ जनजन परिचालन हुने महापर्ब मानिन्छ। यद्यपि कातिकको छठ जति चैती छठ पर्ब मनाउने भने देखिँदैनन्।

छठ पर्बमा ठेकुवा, केरा, उखु, सुन्तला,निमुवा, बोडी, सुथनी, मुला लगायतका फलफूल र हरयो तरकारी व्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन्। छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्ब हो। यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

 

Related posts

उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : रवि लामिछाने

MadhesKhabar

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

MadhesKhabar

तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन

MadhesKhabar

Leave a Comment