
काठमाडौं,२२माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् ।
सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘ उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले अब आफुलाई पासपोर्टको मुद्धामा फसाउने षडयन्त्र भइरहेको पनि बताए । उनले भने ,‘ मलााई यो कुरा थाहा छ , त्यसको सामना गर्न म तयार छु ।
उनले आफु विदेशबाट बाकसमा लाश बनेर होइन यो देशका लागि केहि गर्छु भनेर सास बोकेर फर्किएको बताए ।साभारः अनलाइनखबर

