Madhes Khabar
राजनीति

माओवादीले गरेको ५ खर्बको भौतिक क्षति प्रचण्डको सम्पत्तिबाट असुल्नु पर्छः ज्ञानेन्द्र शाही

काठमाडौं,२६चैत: राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन् । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्‍याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ ।

मंगलबार काठमाडौकाे बल्खुमा आयोजित राप्रपाको खबरदारी सभामा बोल्दै शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेका छन् । त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ । के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्‍याउन यो देशले ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो । त्यसको एक-एक हिसाब माओवादीले तिर्नुपर्छ ।’

शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको तथा एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको आरोप लगाए । ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश पठाइएको उनले बताए ।

Related posts

काँग्रेसले टिकट नदिएपछि युवा नेता चौधरीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन

MadhesKhabar

चुनाव हारेका पर्साका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment