Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा गरिब विपन्नहरुलाई कम्बल वितरण

मधेसखबर
वीरगन्ज,०९ मंसिर : चिसो बढ्दै गएका बेला वीरगन्जमा गरिब विपन्न र सहायहरुलाई एक गैर सरकारी संस्थाले कम्बल वितरण गरेको छ ।

जाडोमा कोहि पनि न्यानो कपडाले बिहिन नहोस भन्ने उद्येश्यका साथ उपकार सेवा नेपाल नामक संस्थाले वीरगन्जका विभिन्न वडाहरुमा गरि ५५ थान कम्बल वितरण गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर, वडा नम्बर ४ भगवती टोल र वडा नम्बर २ लक्ष्मीनरायण टोलमा रहेको ५५ जना गरिब विपन्न र असाहयहरुलाइ संस्थाकी केन्द्रिय अध्यक्ष बिद्यादेवी सरावगीले कम्बल बितरण गरेको संस्थाका केन्द्रिय सदस्य सज्जन अग्रवालले बताए ।

हरेक वर्ष झैँ यो वर्ष पनि कम्बल बितरण अभियान जारी रहेको अग्रवालले बताए । कम्बल वितरण कार्यक्रममा समाजिक अभियन्ता ओमप्रकाश सर्राफको पनि उपस्थिती रहेको थियो ।

 

Related posts

ठोरीबासीका लागि खुशीकाे खबर : ठाेरी भन्सारको स्तरोन्नति हुदैं

MadhesKhabar

वीरगन्जमा विद्युत आपूर्तिकाे समस्या तत्काल समाधान गर्न नेकपा (एस) काे आग्रह

MadhesKhabar

नागरिकता विहिन एक युवकद्धारा जीउमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

MadhesKhabar

Leave a Comment