Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा गरिब विपन्नहरुलाई कम्बल वितरण

मधेसखबर
वीरगन्ज,०९ मंसिर : चिसो बढ्दै गएका बेला वीरगन्जमा गरिब विपन्न र सहायहरुलाई एक गैर सरकारी संस्थाले कम्बल वितरण गरेको छ ।

जाडोमा कोहि पनि न्यानो कपडाले बिहिन नहोस भन्ने उद्येश्यका साथ उपकार सेवा नेपाल नामक संस्थाले वीरगन्जका विभिन्न वडाहरुमा गरि ५५ थान कम्बल वितरण गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर, वडा नम्बर ४ भगवती टोल र वडा नम्बर २ लक्ष्मीनरायण टोलमा रहेको ५५ जना गरिब विपन्न र असाहयहरुलाइ संस्थाकी केन्द्रिय अध्यक्ष बिद्यादेवी सरावगीले कम्बल बितरण गरेको संस्थाका केन्द्रिय सदस्य सज्जन अग्रवालले बताए ।

हरेक वर्ष झैँ यो वर्ष पनि कम्बल बितरण अभियान जारी रहेको अग्रवालले बताए । कम्बल वितरण कार्यक्रममा समाजिक अभियन्ता ओमप्रकाश सर्राफको पनि उपस्थिती रहेको थियो ।

 

Related posts

पर्साकाे गादी र भलुवाही खाेलामा मापदण्ड विपरित उत्खनन

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

सडकमा जथाभावी फोहोर फाल्नेहरूबाट वीरगन्ज महानगरले उठायो साढे २१ लाख जरिवाना

MadhesKhabar

Leave a Comment