Madhes Khabar
समाज

पटेर्वा सुगौलीमा आयोजित निःशुल्क आँखा शिविरबाट २५० जना लाभान्वित

प्रमोद यादव

पर्सा,१७चैतःपर्साको पटेर्वा सुगौली गाँउपालिकाका विभिन्न स्थानमा आयोजित निःशुल्क आँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका छन् ।सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीको आयोजना तथा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दाप र सुगौली सामुदायिक भवनमा निःशुल्क आँखा शिविर आयोजना गरिएको थियो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दापको प्रांगणमा आयोजित शिविरमा १०० जनाको आँखा परीक्षण गर्दा २७ जनामा मोतियाबिन्दु फेला परेको आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए । यस्तै सुगौली सामुदायिक भवनमा आयोजित शिविरमा १५० जनाको आँखा परीक्षण गर्दा ती मध्ये ४५ जनामा मोतियाबिन्दु भेटिएको उनले बताए ।

शिविरमा सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी, चिकित्सकहरू ओमप्रकाश चौधरी, राजेश चौधरी, चाँदनी जैसवाल लगायतले सेवा प्रदान गरेका थिए। दुववै स्थानको शिविरमा मोतियाबिन्दु भेटिएकाहरुको आइतबार निःशुल्क शल्यकृया गरिने धामीले जानकारी दिए ।

शिविरमा स्थानीय समाजसेवी राजेश चौधरी, सुभाष दास, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव, बीबीसी नेपाली सेवाकी संवाददाता माधुरी महतो, रातोपना अनलाइनका पत्रकार अमित अग्रवाल लगायतकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्जको मानव सेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी भट्टको प्रतिबद्धता

MadhesKhabar

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा वीरगन्जको सरकारी विद्यालयमा वृक्षारोपण

MadhesKhabar

वीरगन्जको टेढामा एनआई कलेजले बाँड्यो कम्बल र ज्याकेट

MadhesKhabar

Leave a Comment