Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जको हरिखेतान क्याम्पसमा तत्काल पठनपाठन सुचारु गर्न अनेरास्ववियुको माग

वीरगन्ज,२३असोजःनेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले वीरगन्जको आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पसको पठनपाठन सुचारु गराउन माग गरेको छ ।

बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु पर्साले विगत ५० दिनदेखि अवरुद्ध क्याम्पसको पठनपाठन यथाशीघ्र सुचारु गराउन माग गरेको हो ।

क्याम्पस प्रशासन र सञ्चालक समितिको आन्तरिक विवादले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीहरुले लामोसमयदेखि तलबभत्ता नपाएपछि क्याम्पसमा गत भदौं १ गतेदेखि नै पठनपाठन अवरुद्ध छ । शिक्षक र कर्मचारीहरु तलब भत्ताको माग गर्दै आन्दोलनरत छन् भने विद्यार्थीहरुले पठनपाठन सुचारु गर्न माग गर्दै धर्ना लगायतका प्रदर्शन गर्दै आइरहेका छन् ।

अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी सुबेदीलाई बुझाएको ज्ञापनपत्रमा क्याम्पस सञ्चालक समितिको आन्तरिक विवादले विद्यार्थीहरुको पठनपाठन राृेकिनु निन्दनीय भएको उल्लेख छ । सामुदायिक क्याम्पसमा सञ्चालक समितिका केहि व्याक्तिहरुले खेतान परिवारको जातीय हवाला दिदैं क्याम्पसलाई आन्तरिक विवादमा पारेर त्यहाँका सम्पत्ति र आम्दानी हडप्ने चलखेल गरिरहेको अनेरास्ववियुले जनाएको छ ।

अतः आन्तरिक विवाद समाधान गरेर यथाशीघ्र पठनपाठन सुचारु गराउन आँफुहरुले प्रमुख जिल्ला अधिकारी सुबेदीसंग माग गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष सुजित मण्डलले बताए ।ज्ञापनपत्र बुझाउन गएको टोलीमा अनेरास्ववियुका केन्द्रिय सदस्य आशिफ अहमद जिल्ला अध्यक्ष सुजित मण्डल,सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सह–सचिव आमान अन्सारी, अनिल हजरा लगायतकाको सहभागिता थियो ।

Related posts

वीरगन्जकाे रात्रीबजारले अर्थतन्त्रलाई चलायमान बनाउनमा याेगदान गरेकाे छ : मुख्यमन्त्री यादव

MadhesKhabar

वीरगन्जमा मधेस प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन’ आयोजना हुदैं

MadhesKhabar

मधेसमा जसपा नेपालकाे सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

MadhesKhabar

Leave a Comment