Madhes Khabar
स्थानिय हेडलाइन

५१ हजार राशीकाे गाेपाल गिरी पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार श्रेष्ठलाई प्रदान

वीरगन्ज,१माघ: यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ ।

 

नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष तथा वीरगन्जका पूर्व मेयर स्व. गिरीकाे स्मृतिमा स्थापित ५१ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हाे।मंगलबार वीरगन्जस्थित पत्रकार महासंघ पर्साकाे कार्यालयमा आयाेजित कार्यक्रममा मधेस प्रदेश सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पत्रकार श्रेष्ठलाई दाेशल्ला ओढाएर कदरपत्र र ५१ हजार रुपैयाँको चेक प्रदान गरे।पुरस्कृत पत्रकार श्रेष्ठ कान्तिपुर टेलिभिजनमा कार्यरत छन्।

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले स्व.गोपाल गिरीकाे परिवारसँगको सहकार्यमा स्थापीत ५१ हजार राशीकाे उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ ।

यो पुरस्कारबाट यसअघि पर्साका पत्रकारहरु बृजलाल पासवान,शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

मंगलबार पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालकाे अध्यक्षता तथा मन्त्री क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा स्व.गिरीका सुपुत्र गिरिश गिरी,पत्रकार महासंघका केन्द्रीय सचिव अशाेक तिवारी,लेखा समिति संयाेजक केसी लामिछाने,पूर्व केन्द्रीय सचिव दिपेन्द्र चाैहान,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

ठोरीमा पनि राष्ट्रिय भूमि आयोगको अभिमुखीकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयमा मानव अधिकार समाजकाे अनुगमन : के-कस्ताे भेटियाे त्रुटि र अनियमितता ?

MadhesKhabar

पर्साकाे बलुवा गाँउमा आगलागीबाट तीन घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment