Madhes Khabar
खेलकुद हेडलाइन

फाइनलमा नेपाल हार्याे, बंगलादेश बन्यो च्याम्पियन

काठमाडौं,१४कार्तिक: नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २-१ गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो।

बंगलादेशले खेलको ५२औं र ८१औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बनेको थियो। खेलको ५२औं मिनेटमा बंगलादलेशले गोल गर्दै अग्रता लिएको थियो। बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन्। त्यसको तीन मिनेटमै नेपालले गोल फर्काएको थियो। नेपालका लागि अमिशा कार्कीले गोल फर्काएकी थिइन्।

त्यस्तै खेलको ८१औं मिनेटमा बंगलादेशले शानदार गोल गर्दै जित सुनिश्चित गरेको थियो। बंगलादेशकी रितु पोर्ना चक्माले निर्णायक गोल गरेकी थिइन्।

Related posts

आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाब खेल्दै

MadhesKhabar

वीरगन्जका एक युवक १७ लाखको चाँदीसहित काठमाडौंमा पक्राउ

MadhesKhabar

रिजाललाई स्वागत गर्दै मतदाताले भने : दलबदलु उम्मेदवारको प्रलोभनमा पर्दैनौ

MadhesKhabar

Leave a Comment