Madhes Khabar
स्थानिय

वीरगन्जकाे ड्राइपाेर्ट चाेकमा ट्रकको ठक्करबाट एक बृद्धकाे मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,१४ मंसिर :वीरगन्जमा बुधाबर ट्रकको ठक्करबाट एक बृद्धकाे मृत्यु भएको छ ।मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का ७५ वर्षीय रुपा राउत कुर्मी रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपाेर्ट चाेकमा बुधबार दिउँसाे ना३ख ६०७५ नम्बरको ट्रकले साइकलमा सवार रहेका कुर्मीलाई ठक्कर दिदा उनकाे घटनास्थलमै मृत्युु भएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

ट्रक चालकल् जानाजान कुर्मी सवार साइकललाई ठक्कर दिएकाे भन्दै स्थानीयले प्रदर्शन गरेका थिए ।

ठक्कर दिने ट्रक र त्यसका चालक वीरगन्ज २२ जगरनाथपुरका छाेटु कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएकाे गिरिले बताए ।

Related posts

वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन

MadhesKhabar

पर्साकाे गाँउबाट सालकाे गाेलीया काठ र साइकल बरामद

MadhesKhabar

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

MadhesKhabar

Leave a Comment