Madhes Khabar
स्थानिय

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सांकेतिक तस्बिर ।

बारा,८पुसः बारामा आइतबार राति पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।बारागढी गाउँपालिका वडा नम्बर २ मा पिकअपको ठक्करबाट पैदलयात्री स्थानीय ७२ वर्षीया कबित्री देबी महराको मृत्यु भएको हो ।

दर्दर्वा चोकमा मलाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महराको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ठक्कर दिने पिकअप गाडीसहित त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

जेनजीले सरकारसंग गरेकाे १० बुँदे सम्झाैताकाे ताकत :रिहा भए वीरगन्जका हिन्दुवादी नेता राजपुत

MadhesKhabar

नालामाथि बनेका संरचना ७ दिन भित्र हटाउन वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

तिहार र छर्ठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन पर्साका सिडिओ रेग्मीको आग्रह

MadhesKhabar

Leave a Comment