
बारा,८पुसः बारामा आइतबार राति पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।बारागढी गाउँपालिका वडा नम्बर २ मा पिकअपको ठक्करबाट पैदलयात्री स्थानीय ७२ वर्षीया कबित्री देबी महराको मृत्यु भएको हो ।
दर्दर्वा चोकमा मलाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महराको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ठक्कर दिने पिकअप गाडीसहित त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

