Madhes Khabar
स्थानिय

पर्साको सुखवनियामा करेन्ट लागेर एक बृद्धको मृत्यु


सांकेतिक तस्बिर ।

वीरगन्ज,११असोजःपर्साको सुखवनियामा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सखुवनीयाका ६३ वर्षिय विश्वनाथ चौधरी रहेका छन् ।

बिहीबारराति ९ बजेतिर आफनै घरमा बल्ब बाल्नका लागि स्वीच थिच्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बहोश भएका चौधरीलाई राति नै उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौधरीको शव शुक्रबार नारायणी अस्पतालमै पोष्टमार्टम गरेर परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Related posts

लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु

MadhesKhabar

वीरगन्जमा हैजा समुदायस्तरमै फैलिन थालेपछि विद्यालय २ दिनका लागि बन्द,२५ वटा टोली परिचालन

MadhesKhabar

वीरगन्ज महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कर्णलाई

MadhesKhabar

Leave a Comment