वीरगन्ज,१४बैशाखः वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० को वडा कार्यालयमा आज(आइतबार) अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको छ ।
पूर्व वडाध्यक्ष प्रकाश बहादुर सिलवालको निधनको शोकमा आज अत्यावश्यक सेवा बाहेक वडा नम्बर १० को वडा कार्यालय र मातहतको पुस्तकालय आज बन्द गरिएको वडाध्यक्ष सुशील साह कानुले जानकारी दिएका हुन् ।
पूर्ववडाध्यक्ष सिलवालको शनिबार असामयिक निधन भएको थियो । आज वडा कार्यालयमा बसेको बैठकले स्व. सिलवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्तावपनि पारित गरेको वडाध्ध्यक्ष कानुले बताए ।
पूर्व वडाध्यक्ष तथा समाजसेवी सिलवालको असामयिक निधनले सम्पूर्ण वडाबासीमा गहिरो शोक लागेको भन्दै वडाध्यक्ष कानुले सिलवालको निधनले वीरगन्जले एक कुशल नेतृत्वकर्ता र समर्पित समाजसेवी गुमाएको जनाएका छन् ।सिलवालले तत्कालिन वडाध्यक्षको रूपमा वीरगन्जको विकास निर्माण, सहर व्यवस्थापन र सामाजिक सेवामा पु¥याएको योगदान सधैँ स्मरणीय रहने भन्दै वडाध्यक्ष कानुलले स्व. सिलवालको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदनापनि व्यक्त गरेका छन् ।

