Madhes Khabar
स्थानिय

पूर्व वडाध्यक्ष सिलवालको निधनको शोकमा वीरगन्ज–१० को वडा कार्यालय आज बन्द

वीरगन्ज,१४बैशाखः वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० को वडा कार्यालयमा आज(आइतबार) अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको छ ।

पूर्व वडाध्यक्ष प्रकाश बहादुर सिलवालको निधनको शोकमा आज अत्यावश्यक सेवा बाहेक वडा नम्बर १० को वडा कार्यालय र मातहतको पुस्तकालय आज बन्द गरिएको वडाध्यक्ष सुशील साह कानुले जानकारी दिएका हुन् ।

पूर्ववडाध्यक्ष सिलवालको शनिबार असामयिक निधन भएको थियो । आज वडा कार्यालयमा बसेको बैठकले स्व. सिलवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्तावपनि पारित गरेको वडाध्ध्यक्ष कानुले बताए ।

पूर्व वडाध्यक्ष तथा समाजसेवी सिलवालको असामयिक निधनले सम्पूर्ण वडाबासीमा गहिरो शोक लागेको भन्दै वडाध्यक्ष कानुले सिलवालको निधनले वीरगन्जले एक कुशल नेतृत्वकर्ता र समर्पित समाजसेवी गुमाएको जनाएका छन् ।सिलवालले तत्कालिन वडाध्यक्षको रूपमा वीरगन्जको विकास निर्माण, सहर व्यवस्थापन र सामाजिक सेवामा पु¥याएको योगदान सधैँ स्मरणीय रहने भन्दै वडाध्यक्ष कानुलले स्व. सिलवालको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदनापनि व्यक्त गरेका छन् ।

Related posts

वीरगन्जमा चिसोबाट जोगाउन सडकका कुकुरहरु बस्नका लागि घर बनाउँदै वडाध्यक्ष कानु

MadhesKhabar

वीरगन्जमा चट्याङ लागेर एक बालकको मृत्यु

MadhesKhabar

अटेरी अशाेक मित्तलकाे सिद्धि टेक्सटाइल उद्योगलाई महानगरले फेरि गर्याे दण्डित

MadhesKhabar

Leave a Comment