Madhes Khabar
स्थानिय

वीरगन्जमा चट्याङ लागेर एक बालकको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज,७जेठःचट्याङले लागेर वीरगन्जमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा गाउँका भगन माझीका छोरा १५ वर्षीया शिवशंकर माझी रहेका छन् ।

प्रहरीका अनुसार, शिवशंकर घरमा सुतिरहेका बेला बुधबार बिहान ४ बजेतिर अचानक चट्याङ परेको र त्यसपछि उनि सास फेर्न गाह्रो भएको भन्दै आँफै घरबाट निस्किएर १४÷१५ कदम हिडेपछि लडेर बहोश भएका थिए ।त्यसपछि आएका गाँउका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा शिवशंकरको मृत्यु भइसकेको घोषणा गरेकोे प्रहरीले जनाएको छ ।

शिवशंकरको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Related posts

पर्सा : खोलाहरुको टेन्डर नहुदाँ राजश्व गुम्यो, खोलामा तस्करी भने जारी

MadhesKhabar

बारा:सुवर्ण गाँउपालिकाको कार्यालयमै सरकारी बजेटबाट मदिरा भोज,बिहारबाट झिकाइएका थिए टिकटक स्टारहरु

MadhesKhabar

हरिखेतान क्याम्पसकाे भवनमा गाईगोठ र कबाडखाना : भवन निर्माणमापनि अनियमितता

MadhesKhabar

Leave a Comment