Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरले बनाइ दिएको पशुपति आदर्श क्लबको भवनको मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,३जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनरमा रहेको पशुपति आदर्श क्लबको नवनिनर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले क्लबको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

क्लबको नवनिर्मित भवनको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर सिंहले युवाहरु नै आफ्नो उर्जाको प्रमुख श्रोत रहेकाले युवाहरुको चाहना र इच्छा अनुसार आँफु चलिरहेको बताए । आजको युवा पिढी गलत मार्गमा नलागोस् भन्ने तर्फ सबैको ध्यान पुग्नुपर्नेमा जोड दिदैं मेयर सिंहले भने,‘युवा पिढी सिप र रोजगारमा लागे भने गलत बाटोमा जाँदैनन् ।’

युवा, खेलकुद र स्वास्थ्य एकअर्काका परिपूरक रहेको भन्दै उनले टोलटोलमा सकृय रहेका क्लबहरुले स्वास्थ्य र खेलकुदसंगै अन्य सृजनशील कृयाकलापमापनि बढी जोडदिनुपर्ने बताए ।त्यसमा वीरगन्ज महानगर र आँफु सदैव सहयोग गर्न तयार रहेको उनले बताए ।

वीरगन्ज महानगरपालिकाले आफ्नै बजेटमा निर्माण गरिदिएको क्लबको भवनमा जिमखाना सञ्चालन गरिएको क्लबका सन्तोष गुप्ताले जानकारी दिए ।

क्लबका अध्यक्ष गुप्ताको अध्यक्षता तथा महानगरका मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको क्लबको उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव,जिल्ला सचिव उमशेलाल सहनी,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, शीवशंकर पटेल,हरि पोखरेल लगायततकाकोपनि सहभागिता थियो ।

 

Related posts

जिसस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण

MadhesKhabar

मलंगवा घटनाकाे विराेधमा वीरगन्ज बजार दिनभर बन्द

MadhesKhabar

सेवाग्राहीको काम विना झण्झट तत्काल गर्न वडा सचिवहरुलाई मेयर सिंहको निर्देशन

MadhesKhabar

Leave a Comment