Madhes Khabar
स्थानिय हेडलाइन

बारामा बच्चा चाेर पक्राउ , बाेराबाट दुई बच्चाको उद्धार

बारा,३भदाैं: बाराबाट दुई जना बच्चालाई चाेरेर बाेरामा राखी भारत तर्फ भाग्दै गरेका एक जना भारतीय पक्राउ परेका छन् ।

बराकाे देवताल गाउँपालिका वडा नम्बर ३ बाट दुई जना बच्चा चोरेर भारत तर्फ भाग्दै गरेको अवस्थामा भारत बिहार राज्यकाे पूर्वीचम्पारणको मूर्तिया ग्राम पञ्चायत – ४ आदापुर निवासी २२ वर्षीय तबरेज आलम पक्राउ परेका हुन् ।

आइतबार दिउँसो देवताल गाउँपालिका – ३ नन्की अमुवा निवासी शिव पूजन महतोको ९ महिने छोरी र त्यही स्थानका प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई चोरी गरेर भाग्दै गरेको अवस्थामा आलमलाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे हाे।

आलमले दुवै बच्चालाई बोरामा राखेर भारत तर्फ लागिरहेको अवस्थामा आलमलाई बड्की आमवा नाकाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बोर्डर आउट पोस्ट दक्षितझिटकैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठ नेतृत्वको टोलीले बच्चाहरू रोइरहेको आवाज सुनेपनि आलमलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको बोरामा बच्चाहरू भेटिएका थिए ।

बच्चाहरूको उद्धार गर्दै उनीहरूको अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेका आलमलाई थप कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Related posts

यातायात कार्यालयका अधिकृत र बिचौलिया घुससहित पक्राउ

MadhesKhabar

मधेसमा सिके राउतकाे दाेश्राे जित

MadhesKhabar

विषयगत शिक्षक नहुदाँँ पर्साका सरकारी विद्यालयहरुको एसईईको नतिजा खस्कियो

MadhesKhabar

Leave a Comment