वीरगन्ज,३१असारःमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्सा जिल्लाका सामुदायिक विद्यालयको नतिजा खस्कदो रहेकोमा सरोकावालाहरुले चिन्ता व्यक्त गरेका छन् ।२०८१ सालको एसईईमा पर्सा जिल्लाबाट एक तिहाई मात्र विद्यार्थी उत्तीर्ण भएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।
शिक्षा विकास समन्वय ईकाइ पर्साका अनुसार, २०८१ को एसईईमाा पर्सा जिल्लाबाट कूल ११ हजार १४३ विद्याथ्स् सहभागी भएकोमा ३२ दशमलव १५ प्रतिशतमात्रै उत्तीर्ण भएका छन् । त्यसमा पनि सामुदायिक विद्यालयका २२ दशमलव ०७ प्रतिशतमात्रै र संस्थागत विद्यालयका ६५ दमलव ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
मंगलबार जिल्ल शिक्षा समितिको आयोजनामा भएको एसईई नतिजको समीक्षा कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरुले जिल्लाका सबै सामुदायिक विद्यालयमा मावि तहका विषयगत शिक्षकको अभावका कारण एसईईको नतिजा खस्किएको बताए ।
सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकहरुको आवश्यक दरबन्दी परिपूर्ति गर्न सके एसईईको नजितामा आँफै सुधार आउने दाबीपनि शिक्षकहरुले गरे ।
कार्यक्रममा वीरगन्जको नृसिंह माविका प्रधानाध्यापक हरिन्द्र प्रसाद कुर्मीले भने,‘जिल्लाका थुप्रै सामुदायिक विद्यालयमा मावि तहका विषयगत शिक्षकको संख्या शुन्य नै छ ।यदि विषयगत शिक्षक नै छैन भने परीक्षाको नतिजा राम्रो कसरी आउँछ ?।’ वीरगन्ज महानगरमै रहेका अधिकांश सामुदायिक विद्यालयमा मावि तहका विषयगत शिक्षक नभएका कारण प्रावि तहका शिक्षकले कक्षा ९ र १० मा अध्यापन गराइरहेको उनले बताए ।
नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले पनि सामुदायिक विद्यालयहरुमा मावि तहका विषयगत शिक्षकको दरबन्दी नभएका कारण प्रावि तहका शिक्षकहरुले पठनपाठन गराउँदै आएको र त्यसैका कारण एसईईको नतिजा राम्रो नआएको बताए । उनले भने,‘ म ठोकुवाका साथ भन्छु, विद्यालयहरुमा विषयगत शिक्षकको दरबन्दीको व्यवस्था मिलाइयोस्। त्यसपछि हामी एसईईमा शतप्रतिशत नतिजा दिन तयार छौंं ।’
कोरोनाकाल देखि यता एसर्ईईमा विद्यार्थीलाई फेल नै नगराउने सरकारको नीतिले सामुदायिक विद्यालयहरुको एसईईको नतिजा कमजोर आउने गरेको भनाई उनको थियो ।
वीरगन्जको सिद्धार्थ माविका प्रधानाध्यापक विनोद मेहताले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याकोे अनुपातमा शिक्षकको संख्या नहुनु, शिक्षकलेपनि विद्याालयमा कम समय दिनु,पूर्व तयारी बिना कक्षाकोठाममा पढाउन जानु, अभिभावकलेपनि चासो कम राख्नु,विद्यालयमा राजनीतिक हस्तक्षेप बढनु जस्ता कारणले सामुदायिक विद्यालयको नतिजा खस्कदो क्रममा रहेको बताए । उनले भने,‘ एसईईको नतिजामा सुधार ल्याउनुछ भने पालिकाले २० प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि विनियोजन गर्नुपर्छ।’
शिक्षक चिरञ्जीवी सापकोटाले एसईईको नतिजा कमजोर आउनुमा केन्द्राध्यक्षहरुपनि नैतिक रुपममा जिम्मेवार भएको टिप्पणी गरे ।राजनीतिक आस्था र पूर्वाग्रह राखेर शिक्षकको सरुवा गर्ने प्रवृतिलेपनि असर पारेको उनले बताए । सामुदायिक विद्यालयमा प्राथमिक तहबाटै सुधार थालेमात्रै एसईईको नतिजामा सुधार आउनसक्ने तर्क उनले गरे ।
कार्यक्रममा सहभागीहरुको गुनासो र धारणा सुनेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यो वा त्यो बहाना शिक्षकहरुले गर्न नपाउने बताए । प्रजिअ अर्यालले भने,‘ यो वा त्यो बहाना देखाएर सक्दिन भन्ने छुट शिक्षकालाई छुट छैन ।
सात सात महिनाासम्म विद्यालयमै नगएर तलब खाने शिक्षकपनि यहि पर्सा जिल्लामा रहेको भन्दै उनले शिक्षकहरुलेपनि आँफुमा भएको कमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको उनले बताए । शिक्षकहरुप्रति लक्षितत गर्दै उनले भने,‘ एक सय जनामा दुई जनामात्रै विद्यार्थी पास गराएर राज्यको तलबसुविधा खान लाज लाग्दैन ?।’
प्रमुख जिल्ला अधिकारीले परिक्षामा अनुगमन गरेर कडाई गरेकै कारणले गर्दा यसपालि एसईईको नतिजा खस्किएको भन्ने आरोपहरु निराधार रहेको उनले बताए ।सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले इमान्दारीताका साथ आफ्नो कर्तब्य र जिम्मेवारी पुरा गरे एसर्ईईको नतिजा आवश्य नै राम्रो आउने जिकिर उनले गरे।
जिल्ला प्रशासन कार्यलय पर्साको सहआयोजनामा आयोजित कार्यक्रममा एसईईमा पर्सा जिल्लाबाट ४ जिपिए ल्याउन सफल ८ जना विद्याथीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मानित पनि गरिएको थियो ।यस्तै जिल्ला मै उत्कृष्ट केन्द्राध्यका रुपमा श्री माध्यमिक विद्यालय विजयवस्ती ठोरीका प्रधानाध्यापक नारायण लामालाई पनि नगद १० हजार र कदरपत्र प्रदान गरि सम्मानित गरिएको थियो।
जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइ पर्साका प्रमुख हरि राउत,बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली,पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह,नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,जिल्लाका १४ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायतकाकोपनि सहभागिता थियो।

