Madhes Khabar
स्वास्थ्य

कांग्रेस नेता यादवको पहलमा बहुदरमाईमा आयोजित निःशुल्क शिविरबाट १२० जनाले लिए लाभ

वीरगन्ज,२२भदौंःपर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरियावीर्ता दापुमा शनिबार आयोजित निःशुल्क आँखा जाँच शिविरमा १ सय २० जनाको आँखा परीक्षण गरिएको छ ।

बहुदरमाई नगरपालिकाको मेयर पदका आकांक्षी एंव नेपाली कांग्रेसका युवा नेता राकेश यादवको विशेष पहलमा काठमाडौंको तिलगंगा आँखा अस्पताले स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा १ सय २० जनाको आँखा परीक्षण गरिएकोमा तीमध्ये ६५ जनामा मोतिया बिन्दु रोग भेटिएको छ ।

उनिहरुको आइतबार वीरगन्जस्थित वीरगन्ज सामुदायिक आँखा तथा दाँत उपचार केन्द्रमा निःशुल्क शल्यकृया गरिने कांग्रेस युवा नेता यादवले बताए । शनिबारको शिविरमा आँखा परीक्षण गरिएकाहरुलाई आवश्यकता अनुसार औषधिपनि निःशुल्क वितरण गरिएको उनले ।

शिविरमा वीरगन्ज सामुदायिक आँखा तथा दाँत उपचार केन्द्रका महेशसिंह धामी नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षाण गरेको थियाो । शिविरमा युवा नेता यादवसंगै स्थानीय मगनी साह,परमात्मा साह,रामज्ञान यादव लगायलेपनि सहयोग गरेका थिए ।

 

 

Related posts

पोखरियाको निशुल्क आँखा शिविरमा १८२ जनाको आँखा परिक्षण

MadhesKhabar

वीरगन्जमा डेंगी संक्रमण नियन्त्रणका लागि सबैसँग हातेमालो गर्दै महानगर

MadhesKhabar

अमेरिकामा अन्तर्राष्ट्रिय संवाद : मन्त्री यादवले दिए नेपालले गरेका प्रयास र योजनाको जानकारी

MadhesKhabar

Leave a Comment