Madhes Khabar
शिक्षा हेडलाइन

बाराका विद्यालयहरुमा राजनीति गतिविधि गराउने शिक्षकलाई कारबाहीको चेतावनी

बारा,३१भदौंःशिक्षा विकास तथा समन्वय इकाइ बाराले विद्यालयमा कुनै प्रकारको राजनीति गतिविधि गर्ने÷गराउने प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

इकाइ प्रमुख हेमराज खतिवडाले आइतबार सार्वजनिक सूचना गरी विद्यालयमा राजनीति गतिविधि गराउने त्यस्ता शिक्षकलाई नियमानुसार कारबाहीको चेतावनी दिएका हुन् । पछिल्लो केही दिनयता प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीका नेताले कलैया उपमहानगरपालिकाका श्री ३ चन्द्र र पन्नादेवी मावि लगायतमा कक्षाकोठामै प्रवेश गरेर विद्यार्थीहरुलाई ‘नो टिचर, नो टिचिङ’ भनी विद्यार्थीहरुसित नारा लगाउन थालिएको भिडियो भाइरल भएपछि इकाइले यस्तो चेतावनी दिएको हो । तर इकाइले ती दलका नाम र त्यस्ता गतिविधि गराउने शिक्षकलाई कस्ता किसिमको कारबाही गर्ने भन्ने सूचनामा उल्लेख गरेको छैन ।

सूचनाको बोधार्थ भने जिल्ला प्रशासन कार्यालय बारालाई दिइएको छ । ‘राजनीति गतिविधिले बालबालिकाको पठनपाठन प्रभावित भएको सूचना प्राप्त भएपछि चेतावनी दिइएको छ,’ इकाइ प्रमुख खतिवडाले भने, ‘शिक्षकले त्यस्तो गरे÷गराएको पाइएमा कारबाही गरिनेछ ।’

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ मा कुनै राजनीतिक दल वा तिनका भ्रातृ संगठनले राजनीतिक गतिविधि नगर्न÷नगराउन व्यवस्था गरेकोले त्यस्ता गतिविधि हुन नदिन सचेत गराइएको उनले बताए ।

तराई/मधेसका धेरैजसो जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नभएको र शिक्षक पनि पूर्ति नभएकाले विद्यार्थीको पठनपाठनमा समस्या हुने भएकाले शिक्षकको व्यवस्था मिलाउन सरकारलाई दबाब दिने उद्देश्यले ‘नो टिचर, नो टिचिङ’ को अभियान विद्यालयमा सुरु गरिएको आम जनता पार्टीका बारा जिल्लाका स्थानीय नेता उमेश कुशवाहाले बताए ।साभारः कान्तिपुर

Related posts

किसानले धान बेच्न नल्याएपछि वीरगन्जको खाद्य व्यवस्था कम्पनीले सहकारीसंग खरिद गर्दै

MadhesKhabar

गुरु पुर्णिमाको अवसरमा वीरगन्जकाे समशानघाटमा गरियाे वृक्षारोपण

MadhesKhabar

हनुमान जयन्तिको शोभा यात्रमा ‘जय श्रीराम ’को नाराले गुन्जयमान बन्यो वीरगन्ज शहर (फोटो फिचर)

MadhesKhabar

Leave a Comment