Madhes Khabar
शिक्षा

पटेर्वा सुगौली गाँउपालिकाले निजी श्रोतका २९ शिक्षकलाई जागीरबाट हटायो

मधेसखबर
वीरगन्ज,२९ मंसिर : पर्साको पटेर्वा सुगौली गाँउपालिकाले पालिकाका सामुदायिक विधालयहरुमा निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई हटाउने निर्णय गरेको छ ।

पालिकामा ३ माध्यमिक र २१ आधारभूत गरि कूल २४ वटा विधालय छन् । ती सबैमा गरि २९ जना शिक्षक शिक्षिका निजी श्रोतमा कार्यरत छन् ।मंसिर २३ गते बसेको गाँउ कार्यपालिकाको बैठकले निजी श्रोतमा कार्यरत सबै २९ जना शिक्षक शिक्षिकाहरुलाइ पुष १ गते देखि हटाउने निर्णय गरेको हो ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले गत सोमबार सार्वजनिक गरेको सूचनामा गाँउ कार्यपालिकाको बैठकले गाँउपालिकाबाट प्रदान गर्दै आएको विधालय सन्चालन अनुदान (निजी श्रोत अनुदान) आगामी पुष १ गतेबाट रोक्का गर्ने निर्णय भएको उल्लेख छ । गाँउपालिकाले विधालयहरुमा नपुग शिक्षकको व्यवस्थापन गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको जारी सूचनामा उल्लेख छ ।

गाँउपालिका अध्यक्ष दिनेश चौधरीले यसअघिका जनप्रतिनिधी र कर्मचारीले विधालयहरुमा आवश्यक प्रकृया नै पुरा नगरि हचुवाका भरमा निजी श्रोतमा शिक्षकहरु नियुक्त गरेकाले उनिहरुलाई हटाउने निर्णय गरिएको बताए ।

चौधरीले भने ,‘ निजी श्रोतमा नियुक्त गरिएका शिक्षकहरु कसैको पनि शिक्षण अनुमति पत्र( लाइसेन्स ) नै छैन , लेखा परिक्षणमा अडिटरले मान्दै मानेन् , यसरी उनिहरुको तलब सुविधा मात्रै वर्षेनी ५० लाख भन्दा बढि रकम खर्च भएको देखिन्छ ।

छानबिनका क्रममा निजी श्रोतमा नियुक्त शिक्षकहरुलाई नियुक्त गर्र्दाका बखत पालिका र विधालयले कुनै पनि कागजात नै नमागेको , विना विधाी प्रकृया हचुवाका भरमा नियुक्त गरेको पाइएकाले पुष १ गते देखि ती सबै शिक्षकहरुलाई हटाउने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए ।

 

Related posts

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

MadhesKhabar

वडाध्यक्ष चतुर्वेदीले सरकारी विद्यालयका बालबालिकालाई बाँडे ट्रयाकसुट र ब्याग

MadhesKhabar

वीरगन्जका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि घरदैलो सुरु

MadhesKhabar

Leave a Comment