Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जमा शिक्षककाे कुटपिटबाट विद्यार्थी घाइते, कुट्ने शिक्षक प्रहरी हिरासतमा

वीरगन्ज,२४पुष: वीरगन्जको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेकाे आराेपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।वीरगन्ज महानगरपालिकाकाे वडा नंबर १९ मा रहेकाे गाेल्डेन गल्ब बाेर्डिङ्ग स्कुलका शिक्षक शशी यादवलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे

शिक्षक यादवकाे कुटपिटबाट गाेल्डेन गल्ब स्कुलकाे कक्षा ३ मा अध्ययनरत विद्यार्थी १२ बर्षिय प्रितम साह घाइते भएका छन् । घाइते प्रितमकाे वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । उनकाे आँखा र शरिरकाे विभिन्न भागमा गम्भिर चाेट लागेकाे छ ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएकाे भन्दै शिक्षक यादवले पाइपले कुटपिट गरेकाे घाइते बालिका प्रितमले वताए । उनले भने “म विद्यालयमा बिरामी भएर दुई दिन अनुपस्थित थिए, सरले विद्यालयमा किन नआएकाे भन्दै चाैथाे घण्टीमा पाइपले जाेड जाेडले हान्नु भयाे ।”

शिक्षक यादवकाे कुटपिटबाट दिउँसाे १ बजे घाइते भएका प्रितम अपरान्ह ४ बजे घर पुगेपछि मात्र घटना बारे थाहा भएकाे घाइते विद्यार्थीका काका मुकेश साहले बताए । त्यसपछि घाइते विद्यार्थीकाे उपचार गराउन नारायणी अस्पताल पुगेका उनले कुटपिट गर्ने शिक्षक र स्कुल विरुद्ध प्रहरीमा उजुरी दिने बताए ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक यादव प्रहरीकाे नियन्त्रणमा रहेकाे अस्थायी प्रहरी पाेष्ट बिन्दवासिनीका प्रहरी सहायक निरिक्षक (असई) रामबाबु गुप्ताले वताए । शिक्षक यादवलाई प्रहरी पाेष्ट बिन्दवासिनीकाे नियन्त्रणमा राखेर घटना बारे अनुसन्धान भइरहेकाे असई गुप्ताले जानकारी दिए ।साभार:कालिकाटाईम्स

Related posts

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

MadhesKhabar

गृहनगरमा आरिफ र आसिफलाई वीरगन्ज महानगरको भव्य स्वागत र सम्मान

MadhesKhabar

ठोरीको खोलामा डोजरले खनेको खाल्डोमा डुबेर एकै घरका दुई बालकको मृत्यु

MadhesKhabar

Leave a Comment