Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जमा शिक्षककाे कुटपिटबाट विद्यार्थी घाइते, कुट्ने शिक्षक प्रहरी हिरासतमा

वीरगन्ज,२४पुष: वीरगन्जको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेकाे आराेपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।वीरगन्ज महानगरपालिकाकाे वडा नंबर १९ मा रहेकाे गाेल्डेन गल्ब बाेर्डिङ्ग स्कुलका शिक्षक शशी यादवलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे

शिक्षक यादवकाे कुटपिटबाट गाेल्डेन गल्ब स्कुलकाे कक्षा ३ मा अध्ययनरत विद्यार्थी १२ बर्षिय प्रितम साह घाइते भएका छन् । घाइते प्रितमकाे वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । उनकाे आँखा र शरिरकाे विभिन्न भागमा गम्भिर चाेट लागेकाे छ ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएकाे भन्दै शिक्षक यादवले पाइपले कुटपिट गरेकाे घाइते बालिका प्रितमले वताए । उनले भने “म विद्यालयमा बिरामी भएर दुई दिन अनुपस्थित थिए, सरले विद्यालयमा किन नआएकाे भन्दै चाैथाे घण्टीमा पाइपले जाेड जाेडले हान्नु भयाे ।”

शिक्षक यादवकाे कुटपिटबाट दिउँसाे १ बजे घाइते भएका प्रितम अपरान्ह ४ बजे घर पुगेपछि मात्र घटना बारे थाहा भएकाे घाइते विद्यार्थीका काका मुकेश साहले बताए । त्यसपछि घाइते विद्यार्थीकाे उपचार गराउन नारायणी अस्पताल पुगेका उनले कुटपिट गर्ने शिक्षक र स्कुल विरुद्ध प्रहरीमा उजुरी दिने बताए ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक यादव प्रहरीकाे नियन्त्रणमा रहेकाे अस्थायी प्रहरी पाेष्ट बिन्दवासिनीका प्रहरी सहायक निरिक्षक (असई) रामबाबु गुप्ताले वताए । शिक्षक यादवलाई प्रहरी पाेष्ट बिन्दवासिनीकाे नियन्त्रणमा राखेर घटना बारे अनुसन्धान भइरहेकाे असई गुप्ताले जानकारी दिए ।साभार:कालिकाटाईम्स

Related posts

वीरगन्ज कृषि औजार कारखानाका लागि आविष्कार केन्द्रले किन्यो ५० लाखकाे मेसिन

MadhesKhabar

यूएईविरुद्ध कीर्तिमानी जित हात पार्दै नेपाल विश्वकप क्वालिफायरमा

MadhesKhabar

पर्सा–२ मा सुशील कानुको अभियान तिव्र,विभिन्न पार्टी परित्याग गरि ५२ जना रास्वपा  प्रवेश

MadhesKhabar

Leave a Comment