
वीरगन्ज, ६ जेष्ठ : वीरगन्जको गौतम माद्यमिक विद्यालयले सञ्चालन गरेको छात्रबृत्ति परिक्षाको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अनुगमन गरेका छन् । नयाँ शैक्षिक शत्रमा प्रदान गरिने छात्रबृत्ति परिक्षाको मेयर सिंहले अनुगमन गरेका हुन् । ।
विद्यालयले नियमानुसारको छात्रबृत्ती प्रदान नगरेको भन्ने गुनासो सुनीने गरेकोले सम्पुर्ण संस्थागत(बोर्डिङ) विद्यालयलार्य परिक्षा लिएरमात्रै छात्रबृत्ति प्रदान गर्न सिंहले निर्देशन पनि दिएका छन् ।
शिक्षा ऐनमा प्रत्येक संस्थागत विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थी संख्याको १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रबृत्ति दिनुपर्ने व्यवस्था छ । गौतम माविले शनिबार एलकेजी देखी कक्षा ८ सम्मका विद्यार्थीहरुको छात्रबृत्ति परिक्षा लिएको हो । कक्षा ९ र ११ को हकमा भने अघिल्लो शैक्षिक सत्रमा झैं यसवर्ष पनि वीरगंज महानगरपालिकाले परिक्षा संचालन गर्नेछ ।

