Madhes Khabar
शिक्षा हेडलाइन

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल, ५२ प्रतिशत मात्र विद्यार्थी पास

काठमाडौं,३० साउन :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो।

यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो। परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ।

नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।

यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन् ग्रेडमा राखिएको छ। गत वर्षभन्दा ३ प्रतिशत बढीले नतिजा सुधार भएको बोर्डले जनाएको छ।

यसरी हेर्न सकिन्छ परीक्षाफल:

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।

Related posts

पर्साकाे गुलरियामा उपकार सेवाद्वारा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डसंग मेयर सिंहको आग्रह : सरकारले वीरगन्जको विकासका लागि बजेट दिनु पर्यो

MadhesKhabar

जेनजी आन्दोलनमा मारिएका वीरगन्जका युवा आलमको शवमा राष्ट्रिय झण्डा ओढाएर गरियो अन्त्येष्टि

MadhesKhabar

Leave a Comment