Madhes Khabar
शिक्षा

शिक्षकहरूसंगको ९ बुँदे सहमति साउनदेखि लागू हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं,२४जेठःशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद्, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन् ।

प्रारम्भिक बालविकासका लागि संघीय सांसदहरुको सहकार्य र समन्वय समूहले शनिबार काठमाडोंमा आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे । ’शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ सम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ,’ उनले भने । उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए ।

सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने उनको भनाइ छ । शिक्षामन्त्री पन्तले संविधानको मर्म र अर्थतन्त्रले धान्न सक्ने माग सम्बोधन हुने बताए ।

’जुन दिन शिक्षकहरुसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रुपमा नौ बुँदे सहमति नगद हो भनेको थिएँ, उक्त सहमति आगामी साउनदेखि लागू हुन्छ,’ शिक्षामन्त्री पन्तले भने, ’उहाँहरुका जायज माग सम्बोधन हुन्छ ।’ मुलुकको शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा उपयुक्त, वैज्ञानिक र आर्थिक रुपमा धान्न सक्ने सुझावलाई सरकारले ग्रहण गर्ने उनले बताए ।

Related posts

वीरगंज–२८ बगहीको एक सामुदायिक विधालयमा पंखा वितरण

MadhesKhabar

पाेखरिया-९ काे विद्यालयमा व्यवस्थापन समिति गठन,अध्यक्षमा ज्याेति मिश्र

MadhesKhabar

वीरगन्जका विद्यालयमा फेरि ३ दिनका लागि गर्मी विदा

MadhesKhabar

Leave a Comment