Madhes Khabar
शिक्षा

पाेखरिया-९ काे विद्यालयमा व्यवस्थापन समिति गठन,अध्यक्षमा ज्याेति मिश्र

वीरगन्ज,२४पुस:पर्साकाे पोखरिया नगरपालिकाको वडा नंबर ९ चा‌ैकिया बैरिया विर्तामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ।

बिहीबार बसेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी बैठकले वडा सदस्य ज्योति मिश्रकाे अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको हो। नव नियुक्त अध्यक्ष ज्योति मिश्र वीरगन्बाट प्रकाशित हुने ज्योति जागरण दैनिक पत्रिकाकी प्रकाशक पनि हुन्।

नवगठित समितिको सदस्यहरूमा धनुमाया राई, शोभा देवी पटेल, संचित प्रसाद यादव,ठ असलम आलम, दीपेन्द्र पटेल, मिरा देवी , वृजकिशोर पटेल तथा सदस्य सचि विद्यालयकी प्रधानाध्यापक उष्मा कुमारी मिश्र रहेकी छन्।

 

नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुदृढीकरण तथा अभिभावक र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष मिश्राले बताइन्।

Related posts

वीरगन्जका सरकारी विद्यालयमा छड्के अनुगमन

MadhesKhabar

बाराकाे सुवर्ण गाउँपालिकामा विद्यार्थी आन्दोलनमा भएकाे ताेडफाेडले ३ करोडको क्षति

MadhesKhabar

अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा वीरगन्ज महानरगरले गर्यो सिलबन्दी

MadhesKhabar

Leave a Comment