Madhes Khabar
समाचार

राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं,११ वैशाख : राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।

सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो निर्माण कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाण्डे २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो ।उक्त मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

 

Related posts

सरुवा भएको तीन महिना बितिसक्दा पनि पर्साबाट रमाना भएनन् आधा दर्जन वरिष्ठ सइ र सइ

MadhesKhabar

बिहारकाे रामगढवामा इट्टा भट्ठाकाे चिम्नि विस्फाेट हुदां कम्तिमा ६ जनाकाे मृत्यु

MadhesKhabar

पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

MadhesKhabar

Leave a Comment