Madhes Khabar
समाचार

बहिनीको हत्या गरेर दाईले ट्याङकीमा शव लुकाए

ललितपुर,२बैशाख : ललितपुरमा दाईले नै बहिनीको हत्या गरेका छन्। ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने ११ वर्षिया दुर्गा बोहराको हत्या भएको हो। हत्याका संलग्न उनका १५ वर्षिय दाईलाई प्रहरीले पक्राउ गरेको छ ।

गत २९ चैतमा दुर्गाको शव ललितपुर महानगरपालिका– ९ खपिन्छेस्थित बाबुराजा अवालेको घरको पानी ट्याङकीमा भेटिएको थियो। दुर्गा हराएको भनेर चैत ६ गते नै उनकी आमा भगवतीले निवेदन दिएकी थिइन्।

शव गडिसकेको अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा मृतक दाईसँगै त्यस घरतर्फ जाँदै गरेको सिसिक्योमरामा देखिएको थियो। दाईलाई नै पक्राउ गरेर अनुसन्धान गर्दा उनले हत्या स्वीकार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । आफुहरू दुवै जना लागुऔषधको नसामा रहेको त्यही क्रममा सामान्य विवाद हुँदा सुरुमा पिटेकोमा पछि नाइलनको डोरीले घाँटी कसेर हत्या गरेको उनले बताएका छन्। नसाले छाडेपछि भोलिपल्ट त्यहाँ पुगी शव ट्याङकीमा लुकाएको उनको भनाई छ। हत्या ४ चैतमा गरेकोमा ५ चैतमा गएर शव लुकाएका थिए।

एसपी जिसीका अनुसार बोहराको परिवार २५ फागुनसम्म सोही घरमा डेरा गरी बस्दथे। घर पुरानो भएकाले त्यहाँ बस्नेहरु अन्यत्र सरेकाले घर खाली थियो। खाली घरमा उनीहरु लागुऔषध सेवनका लागि गएको र हत्या भएको प्रहरीको दाबी छ। साभारः नयाँपत्रिका

Related posts

वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी

MadhesKhabar

स्व.पत्रकार नरेश सर्राफ तेस्रो स्मृति सभा गर्ने समाजवादी प्रेस संगठन पर्साको निर्णय

MadhesKhabar

समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका पत्रकार मनोज पटेल चयन

MadhesKhabar

Leave a Comment