Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालका डाक्टरहरुलाई मेयर सिंहकाे सुझाव: बिरामीसंग गर्ने व्यवहार सुधार्नुस्

वीरगन्ज,१३असाेज: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपचारका लागि आउने बिरामीसंग गरिने व्यवहारमा सुधार ल्याउन नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालकाे स्थापनााकाे १३१ वर्ष पुरा भएकाे उपलक्ष्यमा शनिबार आयाेजित प्रथम वार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे सुझाव दिएका हुन् ।कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई इंगीत गर्दै मेयर सिंहले भने,`आज स्वास्थ्यमन्त्री ज्यु आएका बेला तपाई सबै जना एप्राेन लगाएर चिटिक्क भएर आउनु भएकाे छ । तर बिरामीलाई सेवा दिने बेला तपाईंहरुकाे व्यवहार अलग हुन्छ । त्यसकारण मन्त्री ज्यु आउँदा जसरी चिटिक्क परेर आउनु भएकाे छ ।त्यसरी नै बिरामीको उपचार गर्दा र सेवा दिदाँ तपाईहरुकाे व्यवहारपनि त्यस्तै सुमधुर र बिरामीमैत्री हाेस् भन्ने चाहन्छु ।

मेयर सिंहले नारायणी अस्पतालमा सरकारले निर्माण गर्ने निर्णय गरेकाे ५ सय शैयाकाे भवनकाे विषयमा अदालतमा विचाराधीन मुद्दालाई छिट्टै टुंगो लगाउन कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री माेहन बहादुर बस्नेतसंग आग्रह गरे ।

 

उनले नारायणी अस्पतालमै मृगाैला प्रत्याराेपण( किड्नी ट्रान्सप्लाण्ट) सेवा सञ्चालनका लागि मन्त्री बस्नेतसंग अनुराेध गर्दै त्यसका लागि आवश्यक भवन निर्माण वीरगन्ज महानगरपालिकाले गरिदिने प्रतिबद्धता पनि जनाए ।

उनले नारायणी अस्पतालमा रहेका कमीकमजोरी सुधार्न सबै जना एकजुट भएर लाग्न आवश्यक भएकाेपनि बताए ।

कार्यक्रममा अस्पताललाई सहयाेग गरेमाे भन्दै मेयर सिंहलाई दाेशल्ला र कदरपत्रले सम्मानित पनि गरिएको थियाे ।

अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहकाे अध्यक्षता तथा स्वास्थ्यमन्त्री बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मधेसका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, अजय चाैरसिया, प्रभु हजरा, वीणा जयसवाल , प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल लगायतकाेपनि सहभागीता थियाे ।

Related posts

मधेसका छोरीलाई बाड्न लालबाबु सरकारले किनेको ५ हजार साइकल कबाड बन्दै

MadhesKhabar

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृतसहितका शाखा प्रमुखहरु ठेकेदारसंग भारत भ्रमणमा

MadhesKhabar

सुरेन्द्र चौधरी भन्छन् : एमालेले तस्कर र अपराधीलाई टिकट दिएको छ (भिडियो सहित)

MadhesKhabar

Leave a Comment