प्रमोद यादव
पर्सा,७ साउनःपर्साको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत पर्ने प्रसीद्ध धार्मिक एंव पर्यटकीय स्थल रामभौरी भाथा स्थित दुग्धेशवर महादेव मन्दिरमा साउने मेला आइतबारदेखि सुरु भएको छ ।
नेपाल र भरतको विभिन्न स्थानका नदी खोला र ज्लाशयबाट जल भरेर बोलबम कवरियाहरु दुग्धेश्वर माहदेव मन्दिरमा आइतबार बिहानै देखि पुग्न थालेका छन् ।धार्मिक जनविश्वास अनुसार आ–आफ्ना भाकल पूरा भएका भक्तजन र दर्शनार्थीहरु मेल हेर्न र दुग्धेश्वर महादेवको दर्शन गर्न साउन महिनभरी भाथामा पुग्ने गर्छन् ।
भाथामा वर्षको चचार पटक मेला लाग्ने गर्छ । साउन महिनाभर,माघमा पर्ने बसन्त पञ्चमी, फागुनमा पर्ने महाशीवरात्री र बैशाखको त्रयोदशी तिथीमा मेला लाग्छ ।
भाथा मेला र दुग्धेश्वरनाथको दर्शन गर्न पर्सा,बारा,मकवानपुर,चितवनका साथै भारत बिहारका बिभिन्नस्थान भक्तजनहरु आउने गरेको दुधेश्वर महादेव मन्दिर समितिका अध्यक्ष ज्ञनालाल पटेलले बताए ।साउन महिनाभरी लाग्ने मेलामा हरेक सोमबारका दिन करिब ५ हजार दर्शनार्थी आउने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

