Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पर्साको भाथा धाममा साउने मेला सुरु

प्रमोद यादव

पर्सा,७ साउनःपर्साको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत पर्ने प्रसीद्ध धार्मिक एंव पर्यटकीय स्थल रामभौरी भाथा स्थित दुग्धेशवर महादेव मन्दिरमा साउने मेला आइतबारदेखि सुरु भएको छ ।

नेपाल र भरतको विभिन्न स्थानका नदी खोला र ज्लाशयबाट जल भरेर बोलबम कवरियाहरु दुग्धेश्वर माहदेव मन्दिरमा आइतबार बिहानै देखि पुग्न थालेका छन् ।धार्मिक जनविश्वास अनुसार आ–आफ्ना भाकल पूरा भएका भक्तजन र दर्शनार्थीहरु मेल हेर्न र दुग्धेश्वर महादेवको दर्शन गर्न साउन महिनभरी भाथामा पुग्ने गर्छन् ।

भाथामा वर्षको चचार पटक मेला लाग्ने गर्छ । साउन महिनाभर,माघमा पर्ने बसन्त पञ्चमी, फागुनमा पर्ने महाशीवरात्री र बैशाखको त्रयोदशी तिथीमा मेला लाग्छ ।

भाथा मेला र दुग्धेश्वरनाथको दर्शन गर्न पर्सा,बारा,मकवानपुर,चितवनका साथै भारत बिहारका बिभिन्नस्थान भक्तजनहरु आउने गरेको दुधेश्वर महादेव मन्दिर समितिका अध्यक्ष ज्ञनालाल पटेलले बताए ।साउन महिनाभरी लाग्ने मेलामा हरेक सोमबारका दिन करिब ५ हजार दर्शनार्थी आउने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

Related posts

घडिअर्वामा गणेश चतुर्थी महोत्सव सुरु,आज बेलुकी भारतका चर्चित लोकगायक विनय बिहारी आउँदै

MadhesKhabar

काँग्रेसकाे समानुपातिक उम्मेदवार : केन्द्रीय नेता देखि पत्नी , बुहारी र भान्जी सम्म (सूची सहित)

MadhesKhabar

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

MadhesKhabar

Leave a Comment