Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडिअर्वामा गणेश चतुर्थी महोत्सव सुरु,आज बेलुकी भारतका चर्चित लोकगायक विनय बिहारी आउँदै

वीरगन्ज,११ भदौंःविघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी महोत्सव वीरगन्ज–१० घडिअर्वामा पनि आज (बुधबार) देखि सुरु भएको छ ।विगतका वर्ष झै यस वर्षपनि वीरगन्ज –१० घडिअर्वास्थित रामजानकी मन्दिर प्रांगणमा गणेश चतुर्थी महोत्सव आजदेखि सुरु भएको हो ।

घडीअर्वास्थित रामजानकी मन्दिर परिसरमा सजाइएको आकर्षक टेण्टपण्डालमा भगवान् गणेशको मुर्ति स्थापना गरी पूजापाठ गरेर गणेश चतुर्थी महोत्सव शुभारम्भ गरिएको हो ।गणेश भगवानको मुर्ति अगाडि १५१ किलोको लड्डुपनि राखिएको छ ।

जय गणेश झन्कार मण्डल परिवार र जय गणेश पूजा सञ्चालक समितिको संयुक्त आयोजनामा सुरु गरिएको गणेश चतुर्थी महोत्सवमा ५ दिनसम्म बेलुकी सन्ध्या आरति,महाप्रसाद वितरण ,अखण्ड ज्योति, भजनकिर्तन र धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने महोत्सव आयोजक समितिका अध्यक्ष मदन प्रसाद कलवारले जानकारी दिए ।उनका अनुसार,धार्मिक सांस्कृतिक कार्यक्रमका लागि भारतको मुजफरपुर,मोतिहारी, चकियाका कलाकारहरुलाई बोलाइएको छ।

त्यस्तै आज साँझको विशेष पूजा र आरतीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकोपनि विशेष उपस्थिती रहने समतिका कोषाध्यक्ष प्रकाश सिंहले बताए ।

पहिलो दिन आज बेलुकी भारतका विधायकसमेत रहेका चर्चित लोकगायक विनय बिहारीले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम रहेको समतिका कोषाध्यक्ष सिंहले जानकारी दिए ।दोस्रो दिन बिहीबार बेलुकीको सांस्कृतिक कार्यक्रममा मोतिहारीका कुन्दन शर्मा र चकियाकी सुमन शर्मा , शुक्रबार बेलुकी मुजफरपुरका पप्पु बिहारी र नीतु कश्यप तथा मुजफरपुरका जीतु तिवारी र पुष्पा राज लगायतका लोकगायक र कलाकारहरुको प्रस्तूती रहने समितिका सचिव सन्तोष साह कानुले जानकारी दिए ।

विगतका वर्ष झै यस वर्षपनि वीरगन्ज –१० घडिअर्वास्थित रामजानकी मन्दिर प्रांगणमा गणेश चतुर्थी महोत्सव भव्य रुपमा आयोजना गरिएको वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानुले बताए ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ ।हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका ब्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

Related posts

चाडपर्व लक्षित पर्साका सिडिओको अपिल : मनपरी मुल्यवृद्धि नगर्न र सवारी भाडा नबढाउन निर्देशन

MadhesKhabar

२ अर्बको लागतमा सिर्सिया नदिको प्रदुषण नियन्त्रणको काम सुरु गर्दै वीरगन्ज महानगर र मन्त्रालय

MadhesKhabar

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

MadhesKhabar

Leave a Comment