Madhes Khabar
कृषि हेडलाइन

मधेस सरकारले केन्द्र सरकारकाे भन्दा बढाएर ताेक्याे धानकाे समर्थन मूल्य

वीरगन्ज,१६मंसिर:मधेस प्रदेश सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मधेस सरकारकाे मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८२/८३ का यसअघि संघ (केन्द्र)सरकारले ताेकेकाे भन्दा बढी मूल्य बढाएर धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

 

मधेस सरकारले मोटो धानकाे न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ र मध्यम धानको समर्थन मूल्य ४ हजार २ सय रुपैयाँ तोकेको हाे । त्यस्तै चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि संघ सरकारले गत साउनमा चालू आर्थिक वर्षकै लागि मोटाे धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरेकाे थियाे ।

मधेस सरकारले मंगलबार माेटाे धानकाे मूल्य क्विन्टलमा ५ सय ३७ रुपैयाँ र मध्यम धानकाे मूल्य क्विन्टलमा ५७२ रुपैयाँले बढाएर ताेकेकाे हाे।

Related posts

पर्सागढीमा सञ्चालित शिविरमा ५६५ जनाको आँखाको गरियो निःशुल्क शल्यकृया

MadhesKhabar

गढीमाई मेलामा ठेकेदारको ब्रम्हलुट :एउटा बल्ब बालेको १ दिनको शुल्क १ हजार रुपैयाँसम्म

MadhesKhabar

वीरगन्ज नाकामा उच्च सुरक्षा सतर्कता

MadhesKhabar

Leave a Comment