
मधेसखबर
बारा,१०जेष्ठ:बाराको चिलझप्टीका आगलागि पिडित परिवारलाइ राहत सामाग्री वितरण गरीएको छ ।
सखी महिलाको साथी नामक संस्थाले चिलझपटीमामा भएको आगलागी पिडित घरपरिवारलाइ राहत सामाग्री वितरण गरेको हो । संस्थाका अध्यक्ष मधु कुश्वाहा,कार्यकारी निर्देशक प्रियंका कुश्वाहा , लेखा अधिकृत हेप्पी मिश्रा लगायतको टोलिले राहत स्वरूप खाट, बेडसिट, डस्ना र तकिया लगायतका राहत सामाग्री वितरण वितरण गरेको हो ।

बाराको फेटा गाउपालिका वडा नम्बर १ चिलझपटी निवासी ममतादेवी ठाकुर, अनितादेवि ठाकुर, शोभा देवि पटेल, बुधियादेवी ठाकुर लगायत चार जनाको घरमा आगलागी भएको थियो ।
उक्त बिषयमा जानकारी पाउनसाथ सखी महिलाको साथी संस्थाका अध्यक्ष मधु कुश्वाहाको नेतृत्वमा गएको कार्यकारी निर्देशक प्रियन्का कुमारी कुश्वाहा, लेखा अधिकृत ह्याप्पी मिश्र, उमेश दुबे, बिकि महतो, राजेश कुशवाहा, शेसनाथ यादव, लोहा यादव, जवाहिर पासवान लगायतको उपस्थितमा राहत वितरण गरिएको हो ।


