Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठ पर्बको पौराणिक कथा

फाइल तस्वीर

वीरगन्ज, १२ कात्तिक : हिन्दु धर्मको पौरााणिक कथन अनुसार स्वाम्भुव मनुको प्रियव्रत नाम गरेका छोरा थिए । योगिराज प्रियव्रत विवाह गर्न चाहदैनथे । उनि सदैव तपस्यामा लीन रहन्थे तर ब्रम्हाको आज्ञा तथा करकापले उनी विवाह गर्न बाध्य भए ।

विहे गरेको निकै वर्ष बिति सक्दा पनि उनलाई सन्तान प्राप्ति नभएपछि कश्यप ऋषिले उनलाइ पुत्रेष्टियज्ञ गर्न लगाए ।
यज्ञ पश्चात कश्यप ऋषिले यज्ञको प्रसाद प्रियव्रती पत्नी मालिनीलाई खान दिए । त्यही प्रसाद खाएपछि मालिनी गर्भवती भइन् ।
गर्भवती भएको १२ वर्ष पछि मात्र मालिनीले स्वर्ण सदृश्य कान्ति भएका, शरीरको सबै अवयवले सम्पन्न तर मृत एंव आ“खा उल्टिएको छोरालाइ जन्म दिइन् ।

त्यो देखेर त्यहाँ भएका अन्य महिलाहरु रुन थाले पछि पुत्रशोकका कारणले मालिनी मूर्छित भइन् । मालिनीले मृत जन्माएका नवजात शीशुलाइ लिएर राजा प्रियव्रतले जङगलमा रहेको शम्शानघाट गए ।निरकन्टार जङगलमा मृत शशिुलाइ आफनो छातीमा टा“सेर विलाप गर्दा गर्दै गरेका प्रियवत राजाको ज्ञानयोग विस्मृत हुन् पुग्यो र उनि प्राण त्याग गर्न पनि तयार भइसकेका थिए ।
तर त्यही बेला अकस्मात आकाशबाट एउटा विमान अवतरण भयो जसमा दिव्यरुपधारिणी देवी थिइन् ।

राजा प्रियवतले ती देवीसित सोधे ‘तपाई को हुनुहुन्छ ?। देवीले भनिन्,‘ हे राजन, म ब्रह्माकी कन्या हँु ‘मानसी’, सबै माथि शासन गर्ने म देवसेनाको नामले प्रसिद्ध छु , विधाताले आफ्नो मनले मेरो सृष्टि गरेर स्वामी कार्तिकेयलाई सुम्पि दिए , मातृकाहरुमा विख्यात म स्वामी कार्तिकेयकी पतिव्रता पत्नी हु , भगवती परा–प्रकृतिको षष्ठांश भएको कारणले म विश्वमा षष्ठी नामले प्रसिद्ध छु ,म पुत्रहीनलाई पुत्र, पतिलाई प्रिय पत्नी, दरिद्रहरुलाइ धन दिने देवी हु ।

यति भनेर ती देवीले राजा प्रियवतका मृत शीशुलाई तत्कालै जीवित गरि दिइन् र त्यसपछि ती शीशुलाई लिएर ती देवीले विमानमा सवार भई आकाश तिर उडने तयारी गर्न थालिन् , यो देखेर राजा प्रियवतको आत्तिए ।आत्तिएर उनले देवीसंग पुत्र प्राप्तिको लागि याचना गर्न थाले । राजा प्रियवतको याचनाले प्रसन्न भएर देवीले भनिन्,‘‘राजन तिमी स्वाम्भुव मनुको छोरा तथा तीनै लोकको राजा हौ , तिमीले सर्वत्र मेरो पूजा गराएर स्वयंले पनि पूजा गरेमा म यस बालक तिमीलाई दिन तयार हुनेछु र यो बालक सुव्रत नामले प्रसिद्ध हुनेछ , यो बालक गुणी तथा विद्वान पनि हुनेछ ।’

राजा प्रियव्रतले देवीको वचन स्वीकार गरे । त्यसपछि ती देवी ती शीशुलाइ राजा प्रियव्रतलाई सुम्पेर विलिन् भइन् । धार्मिक पौराणिक कथन अनुसार त्यसै बेला देखि छठीमाताको पूजा र पर्ब शुरु भएको मानिन्छ ।

Related posts

दुई वटा मन्त्रालय लिएर जसपा सरकारमा जादैन : प्रदीप यादव

MadhesKhabar

विवादले पर्सा र चितवनमा हुलाकी सडक निर्माणमा अवराेध

MadhesKhabar

`वीरगन्ज गाेल्डकप फुटबल´को तयारी पुरा, नेपाल र भारतका चर्चित ८ क्लबले भाग लिने पक्का

MadhesKhabar

Leave a Comment