Madhes Khabar
समाज

वीरगन्जमा इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा ६५ जनाले गरे रगतदान

वीरगन्ज, ७ साउनः नेपाल इन्जिनियर्स एसोसिएसनले वीरगन्जमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ६५ जनाले रगतदान गरेका छन् ।

इन्जिनियर्स दिवसका अवसरमा वीरगन्ज ईन्स्च्यिूट अफ टेक्नोलोजीको सहकार्य नेपाल इन्जिनियर्स एसोसिएसनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको उद्घाटन भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारले गरेका थिए ।

वीरगन्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएका बेला विशेष अभाव भएको बेला इन्जिनियर्स दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रका अध्यक्ष उमेश कुमार गप्ताले बताए ।

सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल मधेस प्रदेशका अध्यक्ष मनोज कुमार दासको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेश सदस्य प्रियान्सु कुमार गुप्ता रौनियार, रवी कुमार साह लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

छठ पूजाको उपलक्ष्यमा वीरगन्जमा यसपालिपनि घडिअर्वा स्पोटर्स क्लबले रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

पर्साकाे बडेर्वामा १५० ज्येष्ठ नागरिकलाई कम्बल र चवनप्रास वितरण

MadhesKhabar

लागुऔषधविरुद्धको अभियानमा प्रहरीसंगै लाग्ने पर्साका जनप्रतिधिनीहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment