Madhes Khabar
समाज

वीरगंजमा रक्तदान कार्यक्रमको आयोजना

मधेशखबर

वीरगंज,१२ जेठ : वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी भएको खुशीयालीमा बिहीबार वीरगन्जमा रक्तदान कार्यक्रम आयोेजना भएको छ ।

जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । वीरगन्जको राणीसती अतिथी सदनमा बिहीबार बिहान ७ बजे देखि जारी रक्तदान कार्यक्रममा अहिलेसम्म १ सय ५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा पिंकी कुश्वाहा , कुसुम देवी , दिलिप कुमार यादव , ,उमेश लामा , ईश्वरचन्द यादव ,जितेन्द्र सहनी , अफताब आलम , मकबुल आमल लगायतका रहेका छन् ।

केहि समय यता वीरगन्जको रक्त सन्चार केन्द्रमा रगतको चरम अभाव भएर जटील प्रकारका बिरामीको उपचारमा समस्या हुन थालेपछि त्यसैलाइ मध्यनजर गरि जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादवले जानकारी दिए ।

Related posts

७ बर्षदेखि हराएकी महिलालाई मानव सेवा आश्रमको फेसबुक भिडियोले गरायो पारिवारिक पुर्नमिलन

MadhesKhabar

वीरगन्ज :गरिब परिवारकी दलित युवतीको विहे खर्चका लागि उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment