Madhes Khabar
स्वास्थ्य

पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना पुष्टि

 

मधेसखबर
वीरगन्ज, ११ भदौं : नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर पीसीआर र एन्टिजेन गरी २ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गर्दा १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ९६ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएकोे छैन ।

अहिले नेपालमा ३ हजार ६ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४७ हजार एक सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related posts

वीरगन्जकी डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत

MadhesKhabar

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित , सतकर्ता अपनाउन डाक्टरको सुझाव

MadhesKhabar

वीरगन्जको मूर्लीमा आयोजित निःशुल्क आँँखा शिविरबाटट २०० जना लाभान्वित

MadhesKhabar

Leave a Comment